काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा नपरेपछि गायक प्रकाश सपुतले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
सपुतले देशका लागि काम गर्ने सोचका साथ चुनावमा होमिएको उल्लेख गर्दै आफू सूचीमा नपरे पनि आफ्नो उद्देश्य पूरा भएको बताएका छन् । उनले नयाँ राजनीतिक शक्ति स्थापना, पुरानो अभ्यास अन्त्य र परिवर्तनको पक्षमा उभिने लक्ष्यसहित अघि बढेको बताए ।
उनले छोटो तयारीका बीच राम्रो समर्थन पाएको भन्दै यसलाई सकारात्मक रूपमा लिएको जनाएका छन् । साथै, आफूले व्यक्तिगत स्वार्थका लागि नभई समग्र परिवर्तनका लागि मत मागेको उल्लेख गरेका छन् ।
सपुतले अब पनि समाज र देशका लागि योगदान दिन सकिने भन्दै कलाकारितामार्फत जनचेतना फैलाउने काम जारी राख्ने बताएका छन् । उनले भविष्यमा पनि देशको हितमा आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

FACEBOOK COMMENTS