काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेटको लिग– २ अन्तर्गत कीर्तिपुरमा जारी खेलमा यूएईले ओमानलाई विशाल लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर ३०८ रन जोडेको छ । ओमानलाई ३०९ रनको लक्ष्य दिने क्रममा हरप्रित सिंहले ७७, मुहम्मद सहदाले ७४, अदीव उस्मानीले ७२ र आर्यन्स शर्माले ५० रनको योगदान दिए ।
नेपालसँग दुवै खेल हारेको यूएईले यसअघि ओमानलाई पराजित गरेको थियो । नेपालले यस शृंखलाअन्तर्गत अन्तिममा खेलमा ओमानसँग खेल्न बाँकी छ ।