काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डेले अग्रता कायम गरेका छन् ।
अहिलेसम्म एक हजार २०० मत गणना भइसकेको छ । त्यसमा पाण्डेले ६८५ मत पाएका छन् भने ५०५ मतका साथ ज्योत्स्ना श्रेष्ठ शुब्बाले पछ्याइरहेकी छिन् ।
यस्तै, महिला उपाध्यक्षतर्फ अभिज्ञा मल्लले ६४२, जमुना पौडेलले ४६८, शोभा ज्ञवालीले ४९८ र जुना माथेमाले ७१५ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण मत परिणामका लागि तलको लिंक क्लिक गर्नुहोस् ।
