काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल उकास्न सरकारले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएका छन् ।
महासंघको केन्द्रीय कार्यालय टेकुमा आज सपथपछि पदबहाली गर्दै उनले पछिल्लो समय निजी क्षेत्र असुरक्षित रहेको सङ्केत गर्दै सरकारले प्रवर्द्धन र सुरक्षा प्रत्याभूतिको विषयलाई गम्भीरतापूवर्क लिनुपर्ने बताएका हुन् ।
उनले अहिले बजारमा उपभोक्ताको क्रयशक्ति घट्दा मागमा व्यापक गिरावट आएको, साना तथा मझौला उद्योग (एसएमई) हरूलाई लगानी अभाव भइ समस्या परिरहेको पनि बताएका छन् । बैंकमा लगानीयोग्य पुँजी प्रसस्त भए पनि साना उद्योगीहरूमा पुँजी अभाव रहेको उनको भनाइ छ ।
‘साना तथा मझौला उद्योगहरूलाई लगानीको समस्या छ । बैंकमा पुँजी प्रसस्त भए पनि लगानीको अभाव छ,’ उनले भने, ‘सहकारीहरूमा समस्या आएपछि उनीहरू पनि समस्यामा छन् । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने छ ।’
यस्तै उनले उपभोक्ताको क्रयशक्ति बढाउन सरकारले पुँजी प्रशोचन गर्नुपर्ने बताएका छन् ।

हेर्नुहोस् भिडिओ–


एफएनसीसीआईमा नयाँ नेतृत्व : ७३ पदका लागि ७६ जनाले लिए सपथ (विवरणसहित)
अञ्जनले उद्योग वाणिज्य महासंघको ‘स्टेरिङ’ भोलिदेखि सम्हाल्दै, तर कसरी हाँक्लान ?