काठमाडौं । नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् ।
कांग्रेस सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय
कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जेठ ३ गतेका लागि आह्वान गरेको छ ।

पार्टी सभापति गगन थापाको उपस्थितिमा बैठक बस्ने कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने उनको भनाइ छ ।

यसअघि बैशाख २३ गते बसेको प्रतिष्ठानको पहिलो बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ आयोजना गर्ने निर्णय गरेको थियो ।