काठमाडौं । लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।
अमेरकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।
आजको खेलमा नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दै छन् । उनलाई करण केसीले डेब्यू क्याप दिइसकेका छन् ।
यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् । घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।
खेल टियू क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हँदैछ । आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहने भएका छन् ।

विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै