काठमाडौं। कप्तान रोहित पौडेलले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्।
आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ७६ बलमा अर्धशतक प्रहार गरे। एकदिवसीय क्रिकेटमा उनको यो १२ औं अर्धशतक हो।
ताजा स्थितीमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर १६७ रन जोडेको छ।