काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् । मल्ल आजबाट २० दिन बिदामा बसेकी हुन् ।
प्रधानन्यायाधीशमा मनोजकुमार शर्माले पदबहाली गरेसँगै मल्ल बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
मल्ल आफूभन्दा कम वरीयताका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएदेखि नै असन्तुष्ठ थिइन् ।
मंगलबार शर्माले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि मल्ल बिदामा बसेकी हुन् ।