काठमाडौँ । सरकारले हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन ।
अर्थमन्त्री वाग्लेले भने,‘हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र सम्पन्न गर्नेछौँ । घना बस्ती भएको स्थानबाट चौडा गर्दै ८ वटा सडक पुल निर्माण सम्पन्न गर्ने छौँ । यस राजमार्गलाई चालु वर्षका लागि ४ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छु ।’