काठमाडौं । सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पूर्वाधारको विकासलाई प्राथमिकता दिइएको छ।
अर्थमन्त्री वाग्लेले तीन वर्षमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइटसहितको बनाउने घोषणा गरे।
त्यस्तै प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला बनाइने र खेलकुदमा आवासीय तालिमको व्यवस्था गर्ने बताए।
त्यस्तै अन्तर्राष्ट्रिय पदक जित्नेलाई आजीवन निशुल्क स्वास्थ्य प्रदान गर्ने उनले बताए।
