काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार २.६६ अंक बढेर २७८०.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.२३ अंक बढेर २७८३.४८ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.६७ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४५ स्टकको ७१ पटकको कारोबारमा ४ करोड ९१ लाख २३ हजार १७१ रुपैयाँ ८० पैसाबराबरको ६५ हजार ७८३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
