काठमाडौं । रामादा बाई विन्धाम इटहरीले जारी विश्वकप सिजनमा फुटबलप्रेमीका लागि विशेष स्टेकेसन प्याकेज सार्वजनिक गरेको छ ।
सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको हो ।
‘बिग म्याच अन टीभी, प्रिमियम सर्भिस अन कल’ नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
प्रत्येक कोठामा टेलिभिजनको सुविधा उपलब्ध भएकाले भीडभाडयुक्त बार वा सार्वजनिक प्रदर्शनस्थलको झन्झटबाट टाढा रहेर आरामदायी रूपमा खेलको आनन्द लिन सकिने होटेलले जनाएको छ । होटेलले यसलाई एक्लै खेल हेर्न चाहने फ्यानदेखि साथीभाइको समूहमा बसेर विश्वकपको मजा लिन चाहनेहरूका लागि उपयुक्त प्याकेजका रूपमा प्रस्तुत गरेको छ ।
यो प्याकेजको मूल्य एकल बसाइका लागि ६ हजार ५०० र दुईजनाका लागि सात हजार ५०० निर्धारण गरिएको छ । जसमा सबै प्रकारका करहरू समावेश हुनेछन् । प्याकेज बुक गर्नेले भेज र ननभेज स्न्याक्ससँगै बियरको सुविधा पनि पाउनेछन् । होटेलको स्विमिङ पुल, साउना र स्टीम सुविधामा पूर्ण पहुँच पनि उपलब्ध हुनेछ ।
विश्वकपका सबैभन्दा महत्वपूर्ण खेल सेमिफाइनल र फाइनलका लागि होटेलले विशेष बिग स्क्रिन भ्युइङ एक्सपिरियन्स पनि आयोजना गर्ने जनाइएको छ ।
यस प्याकेजअन्तर्गत उपलब्ध अन्य सुविधाहरूमा उपलब्धताअनुसार बेलुकी ४ बजेसम्म अर्ली चेक–इन तथा लेट चेकआउट, साथै बसाइका क्रममा अतिरिक्त खानपानमा १० प्रतिशत छुट समावेश छन् । होटेलका अनुसार यो प्याकेजले रिसोर्टमा जस्तै आरामदायी अनुभव दिने र विश्वकपका ससाना मोमेन्टहरूको पनि आनन्द लिन सघाउने छ ।