काठमाडौंमा । मलेसियाली प्रसिद्ध अटोमोबाइल ब्रान्ड प्रोटोनले नेपाली अटोमोबाइल बजारमा पनि एकछत्र राज गरेको छ भन्दा फरक नपर्ला ।
प्रोटोनले पेट्रोल तथा ईभी गाडीहरूमार्फत आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ। चिनियाँ दिग्गज अटो निर्माता जिलीसँगको साझेदारीपछि तयार भएका प्रोटोनका गाडीहरू आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उच्च सुरक्षाका लागि परिचित छन्।
नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रा.लि. हो। प्रतिष्ठित शंकर ग्रुप अन्तर्गत रहेको जगदम्बा मोटर्सले काठमाडौँको थापाथलीलगायत देशका प्रमुख सहरहरूमा शोरुम, थ्री–एस सेन्टर र आधिकारिक सर्भिस नेटवर्कमार्फत बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
नेपालमा प्रोटोनका सेडान, प्रिमियम टर्बो एसयूभी तथा विद्युतीय गाडीहरू छन् ।
प्रोटोन ई.मास ७
प्रोटोन ई.मास ७ एक अत्याधुनिक एक्सयुभी ईभी हो । यसमा २१५ एचपी पावर र ३२० एनएम टर्क दिने शक्तिशाली मोटर छ। यसले ० देखि १०० किमी/घण्टाको गति मात्र ६.९ सेकेन्डमा तय गर्छ।
यसमा रहेको ६०.२२ किलोवाट आवर एगिस सर्ट ब्लेड ब्याट्रीले प्रति चार्ज ४१० किमीसम्मको रेन्ज दिन्छ भने २० मिनेटमै ३० प्रतिशत देखि ८० प्रतिशत सम्म फास्ट चार्ज हुन्छ।
१५.४ इन्चको टचस्क्रिन, प्यानोरामिक सनरूफ, १६–स्पिकर साउन्ड सिस्टम, १७३ एमएम ग्राउन्ड क्लियरेन्स, आसियन एनक्याप ५–स्टार सुरक्षा रेटिङ र लेभल–२ एडिएस प्रणाली यसका मुख्य विशेषता हुन्।
भेरियन्ट अनुसार प्रोटोन ई.मास ७ को मूल्य ४६ लाख ९९ हजार देखि ६७ लाख ९९ हजार सम्म पर्छ ।
प्रोटोन ई.मास ५
प्रोटोन ई.मास ५ नेपालमा भर्खरै मात्र सार्वजनिक भएको कम्प्याक्ट एसयुभी हो । वायरलेस ‘एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, ३६० डिग्री क्यामेरा र ६ वटा एयरब्याग लगायतका फिचरहरू यसमा रहेका छन् ।
कम्पनीले अहिले प्राइम भेरियन्टको २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको लागि ३४.९९ लाखको विशेष सुरुवाती मूल्य घोषणा गरेको छ । यी विशेष सुरुवाती मूल्यहरू पहिलो १०० ग्राहकका लागि र सीमित अवधिको लागि मात्र लागू हुनेछन् ।
प्रोटोन सागा
प्रोटोन सागा एक लोकप्रिय र किफायती सब–कम्प्याक्ट सेडान कार हो। कम्पनीले सन् १९८५ मा प्रोटोन सागाकै रूपमा पहिलो गाडी बजारमा ल्याएको थियो।
यसमा १.३ लिटरको पेट्रोल इन्जिन छ, जसले करिब ९५ एचपी पावर र १२० एनएम टर्क जेनेरेट गर्छ। यसमा एयरब्याग, एन्टी–लक ब्रेकिङ सिस्टम, रिभर्स क्यामेरा, र स्मार्टफोन कनेक्टिभिटीका साथ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन्।
प्रोटोन सागामा ४२० लिटरको ठूलो बुट स्पेस रहेको छ, जुन लामो यात्राका लागि उपयुक्त मानिन्छ। यसको मूल्य नेपाली बजारमा ४२ लाख ९९ हजार देखि सुरु हुन्छ ।
प्रोटोन एक्स ५०
प्रोटोन एक्स ५० एक लोकप्रिय प्रिमियम कम्प्याक्ट एसयूभी हो ।
यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, ७–स्पीड डस्सीटी, १०.२५–इन्च इन्फोटेनमेन्ट सिस्टम, भ्वाइस कमान्ड र आधुनिक ड्राइभिङ मोडहरू जस्ता फिचरहरू रहेका छन्।
साथै टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कको क्षमता बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ७१ लाख ९९ हजारबाट सुरु हुन्छ ।
प्रोटोन एक्स ७०
प्रोटोन एक्स ७० लक्जरी र शक्तिशाली पर्फर्मेन्स प्रदान गर्ने प्रोटोनको फ्ल्यागसिप एसयूभी हो ।
यसमा ६ वटा एयरब्याग, १७ इन्चको अलोय ह्वील, फेब्रिक सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ६ स्पीकर, र रियर भ्यू क्यामेरा जस्ता फिचरहरू उपलब्ध रहेका छन् ।
भेरियन्ट अनुसार एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, पावर टेलगेट, अगाडि वेलकम ल्याम्प, र ३६० डिग्री क्यामेरा जस्ता फिचर पाउन सकिन्छ ।
नेपालमा यसको मूल्य भेरियन्ट अनुसार ८९ लाख ९९ हजार देखि एक करोड चार लाख ९९ हजार सम्म पर्छ ।
प्रोटोन एक्स ७० मा जिली र भोल्भोको प्रविधि प्रयोग गरी निर्माण गरिएकाले गाडीको पर्फर्मेन्स र टिकाउपनमा कुनै शंका छैन । सबै गाडीहरूमा ५–स्टार एनसीएपी रेटिङ र अत्याधुनिक सेफ्टी प्रविधिहरू उपलब्ध छन्।