पर्सा । पटेर्वा सुगौली गाउँपालिका-३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सोमबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त टोलीले देश भारत बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर-३ ठेगाना भएका अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई १०५ किलो गाँजा सहित पक्राउ गरिएको हो ।
उक्त घटन सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।