काठमाडौँ । रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख (रिद्धी सिद्धि सिमेन्टबाट ५१ लाख र सौर्य सिमेन्टबाट ५० लाख गरी जम्मा १ करोड १ लाख रुपियाँ) जम्मा गरेको छ ।
रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारका तर्फबाट १ करोड १ लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।
गत भदौ १० गते भोटेकोसी नदिमा आएको बाढीले गरेको विनाशले रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारलाई मर्माहत बनाएको छ । आज विज्ञप्ति प्रकाशित गरी विनाशकारी बाढीमा परेर ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।