काठमाडौं । ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्धगराउने उद्देश्यले ‘निओ सर्भिस क्याम्प’ सुरु भएको छ ।
सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको नियो स्टोरले ‘नेभर स्टपकेयरिङ’ अर्थात् ग्राहकलाई निरन्तर ख्याल राख्ने उद्देश्यसहित यो क्याम्प आयोजना गरिएको हो ।
जसमा ल्यापटपको सफाइ, सर्भिस, प्राविधिक परामर्श, अपग्रेड तथाएक्सचेन्जको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो क्याम्प काठमाडौं र पोखरामा रहेको नियो स्टोरका विभिन्नस्टोरमा सञ्चालन भइरहेको छ ।
कम्पनीले यस अघि पनि यो कार्यक्रम आयोजना गरेको थियो जसमा ५ हजार भन्दा बढी सहभागी भएका थिए । ग्राहकको उल्लेख्यउपस्थितिलाई मध्यनजर गर्दै कम्पनीले पुनस् यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
क्याम्प अन्तर्गत नयाँ तथा पुराना ल्यापटप प्रयोगकर्ताले सेवा लिन सक्नेछन् ।आधिकारि रुपमा खरिद गरिएका वा ग्रे मार्केटबाट खरिद गरिएका जुन सुकैल्यापटपमा यो सेवा उपलब्ध हुनेछ ।

लामो समय प्रयोग गर्दा ल्यापटपभित्र धुलोतथा फोहोर जम्मा हुन सक्ने भएकाले त्यसलाई सफा गरी ल्यापटपलाई सहज रूपमा चलाउन मद्दत गर्ने उद्देश्यले क्याम्पमा ‘डीप क्लिनिङ’ सेवा उपलब्ध हुनेछ ।

त्यस्तै,नि:शुल्करुपमा ल्यापटपको सामान्य जाँच तथा समस्याबारे प्राविधिक परामर्श लिन सकिने कम्पनीले जनाएको छ । भने सुपथ मूल्यमा नयाँ ल्पापटप खरिद गर्न तथाअपग्रेड गर्न सकिने छ ।
कम्पनीका अनुसार ल्यापटप ढिलो चल्ने, धेरै तात्ने वा काम गर्ने क्रममा समस्यादेखिने प्रयोगकर्ताले पनि प्राविधिक परामर्श लिन सक्नेछन् । प्राविधिक टोलीलेल्यापटपको अवस्था हेरेर सम्भावित समस्या र आवश्यक अपग्रेडबारे सुझाव दिने जनाइएको छ ।
पुरानो ल्यापटपको क्षमता बढाउन चाहिने प्रयोगकर्ताका लागिर्याम, एसएसडी तथा ल्यापटपसँग मिल्ने अन्य हार्डवेयर अपग्रेडको विकल्प पनि उपलब्ध हुनेछ ।त्यस्तै, क्याम्पमा पुरानो ल्यापटपलाई नयाँ ल्यापटपसँग साट्ने एक्सचेन्ज सुविधापनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज गर्दा ल्यापटपको ब्रान्ड,मोडल, भौतिक तथा प्राविधिक अवस्था, हार्डवेयर र बजार मूल्य लगायतकाआधारमा ल्यापटपको मूल्यांकन हुने उल्लेख छ । भने, ग्राहकले किस्ताबन्दिमा समेत ल्यापटप खरिद गर्न सक्नेछन् । तर, एप्पल म्याकबुकहरुमा भने किस्ताबन्दि तथासर्भिसिङ सुविधा उपलब्ध नहुने कम्पनीले स्पष्ट पारेको छ ।