काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व (हात) असल हुनुपर्ने बताएका छन्।
१२औँ संविधान दिवस (२०८३) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको मर्म र सफलता नेतृत्वकर्ताको नियतमा निर्भर रहने स्पष्ट पारेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले वर्तमान अवस्था कुनै यात्राको अन्त्य नभई नयाँ सुरुवात भएको उल्लेख गर्दै राज्यका सबै क्षेत्रमा सुशासन कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए। देशमा सुशासन र पारदर्शी व्यवस्था निर्माणका लागि सरकार प्रतिबद्ध भएर लागिपरेको उनको भनाइ छ।
साथै, उनले सरकारका हरेक निकायमा पारदर्शिता र दक्षताका आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको जानकारी दिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालै भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएकाप्रति सहानुभूति व्यक्त गर्दै घरबारविहीन भएका पीडितहरूको राहत तथा पुन:स्थापनाका लागि सरकारले तीव्र रूपमा काम गरिरहेको समेत स्पष्ट पारे।
