काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक १५.९८ अंकले बढेर २६७०.२७ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ८९ वटा स्क्रिप्सको ७ हजार ८७१ कित्ता सेयर ४६ लाख २१ हजार ३९२ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो। बाँकी १३ वटा स्टक्सको मूल्य स्थिर रह्यो।