काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्ने भएको छ ।
नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार असोज १९ गते बिहान १० बजे पार्टीको १५ औं महाधिवेशन स्थल खुलामञ्चमा बस्ने छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन निर्देशन दिइएको छ ।