काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ।
बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट तथा राहदानी (पासपोर्ट) सहित पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्मको अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने छ।
उक्त सेवासम्बन्धी थप जानकारी तथा सोधपुछका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘ग्लोबल कनेक्ट’ को फोन नम्बर ०१-५९७०६०० तथा इमेल globalconnect@gibl.com.np मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।


