काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से) दोहोरो अंकले बढेको छ । नेप्से बुधबार २१.३२ अंकले बढेर २६२१.२६ अंकमा उक्लिएको छ ।
बजार बढेसँगै यो दिन लगानीकर्ताले चार अर्ब १३ करोडको कारोबार गरेका हुन् ।
दिनभरजसो सामान्य वृद्धिमै अलमलिएको बजार अन्तिम समयमा दोहोरो अंकले बढ्न पुगेको थियो ।
यस दिन ३५४ कम्पनीको सेयर कारोबार भएकामा १८८ वटाको मूल्य बढेको छ । ८० कम्पनीको सेयर मूल्य घट्दा ० वटाको स्थिर रहे ।
यो दिन दुई डिबेन्चर अगाडि छ भने कम्पनीगत रूपमा उपकार लघुवित्त अगाडि छ । यो कम्पनीको ४.९५ प्रतिशतले मूल्य बढ्दा दुई डिबेन्चरको क्रमश १३.२१ प्रतिशत र ८.१८ प्रतिशतले मूल्य बढेको हो ।
यस्तै, घट्नेमा भने सगरमाथा जलविद्युत् कम्पनी अगाडि छ । यो कम्पनीको मूल्यमा ६.३२ प्रतिशतको गिरावट आएको हो ।
यो दिन लगानीकर्ताले चार अर्बमाथिको कारोबार गर्दा कुमारी बैंकको सेयर सबैभन्दा धेरै किनबेच गरेका छन् । यो कम्पनीको २६ करोडको सेयर कारोबार भएको हो ।
