काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी पुगेको छ। वाल स्ट्रिट जर्नलको प्रतिवेदनले कम्पनीको घाटासम्बन्धी यस्तो विवरण सार्वजनिक गरेको हो।
एआई प्रविधिको बढ्दो मागअनुसार कम्प्युटिङ क्षमता विस्तार गर्न ठूलो लगानी आवश्यक भइरहेका बेला कम्पनीको घाटाको विवरण बाहिर आएको हो। प्रतिवेदनअनुसार एन्थ्रोपिकलाई आफ्नो कम्प्युटिङ पूर्वाधार विस्तार गर्न ७५० अर्ब डलर बराबरको लगानी आवश्यक पर्ने देखिएको छ।
प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेको समयमा कम्पनीको घाटासम्बन्धी विवरण सार्वजनिक भएको हो। यसले कम्पनीको आर्थिक अवस्था र भविष्यमा आवश्यक पर्ने ठूलो लगानीबारे चासो बढाएको छ।
कम्पनीले यसअघि गत वर्ष आफ्नो घाटा १३ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको थियो। तर पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको घाटाको आँकडा त्यसअघिको अनुमानभन्दा निकै ठूलो देखिएको छ।