काठमाडौं, कात्तिक २० – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्ध नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग बुधबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्रीले भूकम्पपश्चात्को पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद दिँदै कोभिडविरुद्ध पनि सहकार्यमा जोड दिए । उनले कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउँदै यसमा सहकार्यको आवश्यकता रहेको बताए । अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद पनि दिए ।
अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रणलगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS