काठमाडौं, मंसिर ३ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक छल्नका लागि मन्त्रीपरिषद् बैठक जुधाएको आरोप लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक १ घण्टा पछि सारेका छन्।
दिउँसो १ बजेका लागि बाेलाइएको बैठक एक घण्टापछि सारेर २ बजे बस्ने जानकारी आएको एक मन्त्रीले बताए। नेकपाको कार्तिक २८ गते बसेको सचिवालय बैठकले आज दिउँसो १ बजेका लागि बैठक निर्धारण गरेको थियो।
मन्त्रिपरिषद् बैठक जुधेर अन्यौल पैदा भएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवलाय बैठक पूर्वनिधारित समयमा नै बस्ने जानकारी दिएका छन्।
FACEBOOK COMMENTS