काठमाडौं, पुस १९ – अफ्रिकी मुलुक नाइजरमा इस्लामिक चरमपन्थी समूहले ७९ जना सर्वसाधारणको हत्या गरेको छ।
मालीको सीमा नजिकका गाउँमा आक्रमण गरी सर्वसाधारणको हत्या गरिएको हो। चरमपन्थी समूहको आक्रमणमा टचोम्बागोउ नामको गाउँमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
यस्तै जारोउम्दारेय नामको गाउँमा ३० जनाको हत्या भएको छ। यो क्षेत्रमा सन् २०१७ देखि संकटकाल छ। केही महिनाअघि पनि यो यी गाउँमा मालीका चरमपन्थी समूहले आक्रमणको प्रयास गरेका थिए।
पछिल्लो आक्रमणमा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणबारे सरकारले कुनै प्रतिक्रिया दिएको छ। नाइजरका ग्रामिण क्षेत्रमा यस्ता आतंककारी समूहले गर्ने आक्रमणमा सयौँ सर्वसाधारणले ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन् ।
छिमेकी देश नाइजेरियामा सक्रिय आतंककारी समूह बोको हरामले गत डिसेम्बर महिनामा दक्षिण पूर्वी क्षेत्र दिफामा कम्तीमा २७ सर्वसाधारणको हत्या गरेको थियो।
FACEBOOK COMMENTS