काठमाण्डौं – नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले कम्बोडियाका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेकी छिन् ।
नेपाल भ्रमणमा रहेको कम्बोडिया व्यापार सङ्घको प्रतिनिधिमण्डलसंगको छलफलमा उक्त बताएकी हुन् ।
छलफलमा कम्बोडिया व्यापार सङ्घका उपाध्यक्ष ओक्ना लिम हेङ्गले कम्बोडियाली व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउँदै नेपालमा लगानी सम्बन्धी भएका नीति तथा ऐन नियमहरुबारे जिज्ञासा राखेका थिए ।
जवाफमा अध्यक्ष राणाले नेपालमा हाल स्थायी सरकार रहेको तथा सरकारको प्रमुख उद्देश्य तथा लक्ष्य आर्थिक समृद्धि भएको भन्दै लगानीमैत्री वातावरण भएको स्पष्ट पारिन् ।
राणले कृषि, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताईन् ।
भेटका क्रममा कम्बोडिया व्यापार सङ्घका उपाध्यक्ष हेङ्गले नेपाल र कम्बोडिया सरकारबीच भएको हवाई उडान सम्झौता द्विपक्षीय व्यापार तथा पर्यटनको विकासमा प्रवर्द्धनमा कोशेढुङ्गा सावित हुने बताए । दुई सरकारहरु बीचको बलियो सम्बन्धले निजी क्षेत्र बीचको सम्बन्धलाई अझ मजबूत बनाउने उनको धारणा थियो ।
कार्यक्रममा महासङ्घका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान लगाएतको उपस्थीती थियो ।
FACEBOOK COMMENTS