काठमाडौं, वैशाख ३१ – पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर २० हजार ९४८ जनाको आरटी–पीसीआर र ५३० जनाको एन्टिजेन परीक्षणबाट ,५२० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ६५ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २०३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ । यो कुल संक्रमितको ७४.५ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २७ लाख ३३ हजार ५१० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ लाख ७ हजार ३३६ जना आइसोलेसन र ५१६ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS