काठमाडौं । कुमारी इक्वीटी फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कोषले साउन १७ गते इकाईधनीहरुका लागि कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
कुमारी सामूहिक लगानीकोष अन्तर्गत सञ्चालित यस योजनाले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५ प्रतिशत दरको रू. ५ करोड बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बुक क्लोजको आधारमा साउन २४ गतेसम्म कायम इकाईधनीहरुले मात्र यो लाभांश प्राप्त गर्नेछन् । यस फण्डले १० करोड इकाई विक्री गरी २०७७ साल चैत ५ गतेदेखि दश वर्षे योजना सञ्चालन गरिरहेको छ ।
FACEBOOK COMMENTS