काठमाडौँ । विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । हिमालको हिउँ पग्लने दर बढ्दै जाँदा हिमाल काला पहाडमा परिणत हुने र नयाँ–नयाँ हिमताल उत्पत्ति हुने क्रम बढिरहेको छ ।
हिन्दकुश हिमालय क्षेत्रको एकीकृत विकासका लागि अध्ययन, अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०ले गरेको एक अध्ययनले मेलम्चीको माथिल्लो भेगमा सानो हिमताल फुटेपछि बाढीपहिरोले बढी मात्रामा क्षति पु¥याएको देखाएको छ । यो फुटेको हिमताल केही वर्षअघि मात्र देखापरेको नयाँ हिमताल भएको अध्ययनले देखाएको छ । केही दिनअघि मेलम्चीमा बाढीपहिरोले वितण्डा मच्चाउँदा अर्बौं बराबरको सरकारी तथा निजी सम्पत्ति बगरमा परिणत भयो ।
हिमाल क्षेत्रका हिउँ पग्लिनुले नेपालको पानीको स्रोतमा र पर्यटन व्यवसायमा प्रत्यक्ष असर परिरहेको छ भने नयाँ हिमतालको उत्पत्तिले जोखिम पनि त्यही मात्रामा बढ्दै गएको छ । विश्व तापक्रमको असरले निरन्तर रूपमा हिमाली क्षेत्रमा पारिरहेको असर र मेलम्चीमा देखिएको प्राकृतिक विपत्तिले नेपालका अरू क्षेत्रमा पनि जुनसुकै बेला विपत्ति निम्तिन सक्ने खतरा बढेको छ । हिमाली क्षेत्रको अध्ययनले विगत १९५० को दशकपछि नयाँ हिमताल बन्ने, हिमपहिरो खस्ने, हिमनदी साँघुरिँदै जाने क्रम वृद्धि भइरहेको छ ।
इसिमोडले सन् २०२० मा नेपालको हिमाली क्षेत्रमा गरेको अध्ययनमा कोसी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रका २१ वटा ताल अति जोखिमपूर्ण अवस्थामा रहेको देखाएको छ । यसअघिका अध्ययनले पनि नेपालमा दुई दर्जन जति हिमताल अति जोखिमयुक्त भएको देखाएको थियो तर कतिपय हिमताल बिस्तारै सुक्दै गएका र हराउने क्रम पनि देखिएको थियो ।
पछिल्लो अध्ययनले पुराना १३ वटा तालको अवस्था अझै जोखिमयुक्त नै रहेको र थप आठवटा तालको अवस्था नयाँ स्वरूपमा जोखिमयुक्त देखिएको अध्ययनले देखाएको छ । तत्काल यी तालहरूको जोखिम न्यूनीकरण गर्न नसके हिमताल फुट्न सक्ने र तल्लो तटीय क्षेत्रका दर्जनौँ बस्ती, जलविद्युत् आयोजना, बाटोघाटो, पुुलपुलेसालगायतका राष्ट्रिय सम्पत्तिमाथि सधैँ खतरा भइरहने भएकाले तालको जोखिम प्राथमिकीकरण गरी जोखिम न्यूनीकरण गर्नुपर्ने देखिएको छ ।
नेपाल, तिब्बत र भारतको हिमाली क्षेत्रमा गरिएको सो अध्ययनमा तीन हजार ६२४ वटा नयाँ हिमताल निर्माण भएको देखाएको छ । जसमध्ये कोसी नदी जलाधार क्षेत्रमा दुई हजार ६४ वटा ताल, कर्णाली जलाधार क्षेत्रमा एक हजार १२८ वटा ताल र गण्डकी जलाधार क्षेत्रमा ४३२ वटा नयाँ हिमताल निर्माण भएको देखिएका छन् । जति बढी हिमताल उत्पत्ति हुने क्रम बढ्यो, त्यति नै बढी जोखिम पनि बढ्दै गएको इसिमोडका वरिष्ठ जलवायु विज्ञ श्रेष्ठको भनाइ छ । अध्ययनमा नेपालतर्फ प्रत्यक्ष असर पार्न सक्ने ४७ वटा हिमताललाई जोखिमपूर्णको सूचीमा राखिएको छ । जसमध्ये कोसीमा ४२, गण्डकीमा तीन र कर्णालीमा दुईवटा हिमताल छन् ।
इसिमोडका वरिष्ठ जलवायु विज्ञ अरुणभक्त श्रेष्ठका अनुसार पछिल्ला वर्ष हिमाली क्षेत्रमा नयाँ ताल बन्ने क्रम निकै बढी रहेको छ । जसको असर धेरै जसो नेपालमा पर्ने देखिएको छ भने तिब्बत तथा भारतमा पनि केही असर पर्ने विभिन्न अध्ययनले देखाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS