काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकमा उनीहरूबीच एक्लाएक्लै भेटवार्ता भएको हो।
यसअघि आजै प्रधानमन्त्री बालेनले भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटेका थिए।
प्रधानमन्त्री बालेनले यसअघि राजदूतहरूसँग एक्लै भेटेका थिएनन्।
पछिल्लो समय भने उनले एक्ला एक्लै भेट्न थालेका हुन्।