काठमाडौं । भारतीय गायक अरिजीत सिंह, पहिलो पटक नेपाल आउँने भएका छन् ।
उनी आफ्नो लाइभ प्रस्तुति दिन नेपाल आउँने भएका हुन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल”, नोभेम्बर २५ (मंसिर ९ गते) शनिवार हायात ग्राउन्ड, चावहिलमा आयोजना हुने तय भएको छ।
ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सन द्वारा आयोजित यस कार्यक्रमले नेपालको मनोरञ्जनको क्षेत्रमा ठुलो योगदान गर्ने विश्वास रहेको आयोजकको बुझाइ छ । विगतका दिनहरूमा पनि यस्तै थुप्रै कार्यक्रम हरू आयोजना गर्दै आएको र आगामी दिनहरूमा पनि यस क्षेत्रलाई थप उचाइमा पुर्याउनका लागि मद्दत गर्ने आयोजकको भनाई छ।
“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मुल्य ४००० बाट सुरु हुने तथा थप सुविधाहरू सहित अरु टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ले जनाएका छन् ।अगस्ट १५ (श्रावण ३०) बाट बिक्री खुल्ला हुने सो टिकट खल्ति डिजिटल वालेट बाट मात्रै खरिद गर्न सकिने छ।

