काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक घाइते भएका छन् । कीर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार मध्याह्न राहदानी विभागअगाडि बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको गाडीमा आगो लागेको हो । बसका चालक २५ वर्षीय दावा लामाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।
बसमा आगो लागेपछि प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्याइएको थियो । त्यति बेला बसमा कोही यात्रु थिएनन् । बसमा चालक लामा मात्र रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले बताए ।
त्रिपुरेश्वरमा बसमा चालक आफैँले आगो लगाएको आशंका, गम्भीर घाइते
आगो लाग्दा बसको ढोका बन्द थियो । चालक सिटपट्टिको ढोका पनि बन्द थियो । ढोका फोडेर उनको उद्धार गरिएको एसपी सुवेदीले जानकारी दिए ।
त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा चालक आफैँले आगो लगाएको खुलासा