काठमाडौं । भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार गर्न चिनियाँ सैनिक टोली सिधै रसुवा उत्रिने भएको छ।
रसुवास्थित फिल्डमा रहेको सुरक्षा स्रोतले नेपालखबरसँग अहिले केही बेरमै चिनियाँ सेनाको टोली आउन लागेको पुष्टि गरेको छ। जसमा जनमुक्ति सेनाका सुरुङ उद्धारक ४ जना विज्ञ हुनेछन्।
बुधबार आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत् परियोजनाको सुरुङमा फसेका नेपाली र विदेशी इन्जिनियर,प्राविधिक र कामदारको उद्धार गर्न छिमेकी मुलुक चीनले हेलिकप्टरमा विज्ञसहितको टोली नेपाल पठाउने भएको हो।