काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।
आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिए । उनले भने, “मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु, कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन ।”
स्रोतका अनुसार आन्तरिक टर्मिनलमा जाने पास दिँदा घुस लिएको अभियोगमा चुडाललाई आयोगले घुस लिएको रकम सहित कार्यक्रक्षबाटै पक्राउ गरिएको बताइएको छ ।