काठमाडौं । महाकाली वाइन प्रालिको प्रमुख उत्पादन डिभाइन वाइनले आईसीसी टी–ट्वान्टी मेन्स क्रिकेट वर्ल्डकप, २०२४ अन्तर्गत नेपालका खेलहरूमा खसेको प्रत्येक डट बलमा १० वटा रूप रोप्ने बताएको छ ।
खेलकुदलाई प्रकृतिसँग सहकार्य गराउने उद्देश्यले यो निर्यण गरिएको कम्पनीले बताएको छ । सुरुवाती चरणमा नेपालले चार वटा खेलहरू खेल्ने छन् । जसमा पहिलो खेल नेडरल्यान्ड्स, दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसँग खेल्नेछ ।
यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बल बराबर १० वटा बिरुवाहरू रोप्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । सोही निर्णय अन्तर्गत रहेर २०८१ जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेडरल्यान्ड्सबीचको खेलमा खसेको डट बलहरूको आधारमा आएको सङ्ख्या बराबरको रुखहरू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईलाई प्रदान गरिएको छ ।
FACEBOOK COMMENTS