काठमाडौं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।
परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको हो ।
योसँगै धादिङ सदरमुकाम धादिङबेसी पुन: सडक सञ्जालमा जोडिएको छ । गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो ।