काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ ।
भुवन केसीको अध्यक्षामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो ।
महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यहरूको नाम हेरफेर गरेको छ ।
सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ ।