सङ्खुवसभा । सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीको अग्रता जारी छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले आफ्नो अग्रतालाई कायमै राखे । हालसम्मको मतगणनामा अर्जुनकुमार कार्कीले ६ हजार १४९ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरे । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले पाँच हजार ३८७ मतले पछ्याइरहेका छन् । एमालेका कार्की र रास्वपा का शेर्पाबीचको ७६३ मतान्तर रहेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले तीन हजार ६०७ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले दुई हजार ८१७ मतका साथ चौथो स्थानमा रहेका छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले ६४४ मत प्राप्त गरे ।
राष्ट्रिय परिर्वतन पार्टीका घनश्याम वालिङ राईले २६९ मत प्राप्त गरे । एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा हालसम्म २० हजार ३८९ मतगणना भइसकेको छ । अहिलेसम्म मादी र धर्मदेवी नगरपालिका गणना भइसकेको छ । मतगणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसोदेखि जारी छ ।
FACEBOOK COMMENTS