काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत जिल्ला/नगरतर्फका दुई जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्ला/नगर उद्योग वाणिज्य समूहअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रबाट पदम बहादुर शाही र पुरिचन्द्र देवकोटा सर्वसम्मत निर्वाचित भएका हुन् । उनीहरू कर्णाली प्रदेशबाट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि प्रकाशित उम्मेदवारहरूको प्रारम्भिक सूची अनुसार पदम र पुरिचन्द्रसहित शान्ति प्रसाद शर्मा पनि प्रतिस्पर्धामा थिए । तर, उनले सर्वसम्मतिका लागि योगदान गरेको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए ।
उद्योग वाणिज्य महासंघको निर्वाचन : उम्मेदवारहरूको दोस्रो सूची प्रकाशित (सूचीसहित)
