काठमाडौं । आईएमई ग्रुप प्रालिका सचिन ढकाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनबाट एसोसिएट्सतर्फबाट उनी सर्वाधिक मत ल्याएर निर्वाचित भएका हुन् ।
महासंघको विधान अनुसार एसोसिएट्सबाट कूल १७ जना सदस्य निर्वाचित भएका हुन् । त्यसमध्ये उनले सबै भन्दा बढी एक हजार ३१८ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार सचिनले एक हजार ३१८ मत पाउँदा हेमन्त गोल्छाले एक हजार २०२, अम्बिका प्रसाद पौडेलले एक हजार १८३, उज्ज्वल कुमार श्रेष्ठले एक हजार १५६, शक्ति कुमार बेगानीले एक १४२, ऋषि अग्रवाल एक हजार १२२, सुशील थापाले एक हजार ९४ मत पाएर निर्वाचित भएका छन् ।
यसैगरी, रामशरण भण्डारीले एक हजार ४३, राजेश कुमार अग्रवालले एक हजार ८२, सुयस प्याकुरेलले एक हजार ६९ र बाबुकाजी कार्कीले एक हजार ६ मत पाएर विजयी हुँदा दिवश न्यौपाने ९९१, कृष्ण लाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, ईश्वर बहादुर जीसी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछाने ८६० मत पाएर विजयी भएका छन् ।

मत परिणामको सम्पूर्ण विवरणका लागि तलको लिंक क्लिक गर्नुहोस् ।
