काठमाडौं । प्रहरीले ललितपुरको एक स्पा सेन्टरका सञ्चालकविरुद्ध मानव बेचबिखन मुद्दा चलाएको छ ।
सानेपास्थित अरुणथापाचोकमा सञ्चालित शुकल्प स्पा एन्ड थेरापीका सञ्चालक सुमन थापामगरविरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको हो ।
गोरखाको शिरानचोक गाउँपालिका–३ का मगरले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी यौनकार्यमा लगाएको खुलेपछि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
ती बालिकाको उद्धार गरिएको छ । मगरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।