काठमाडौं । ‘साक्षर बनौं’, सक्षम बनौं भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत फागुन महिनामा सातै प्रदेशका विभिन्न स्थानमा वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
यो कार्यक्रम विशेष गरी कृषक, उद्यमी, महिला र युवालाई लक्षित गरी आयोजना गरिएको थियो।
कार्यक्रममा व्यवसायिक योजना तयारी, बजारिकरण सम्भावना, बजार व्यवस्थापन रणनीति, व्यक्तिगत र पारिवारिक बजेट, आम्दानी-खर्च सन्तुलन, नगद प्रवाह, बचत र कर्जा परिचालन, विमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुने रकम अपचलन र ग्राहक अधिकारजस्ता विषय समेटिएका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले आफ्ना दुविधा हटाउने र भविष्यका जोखिम व्यवस्थापनमा सहज हुने बताए।
बैंकले विगतदेखि नै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने जनाएको छ। यस्ता कार्यक्रमले बैंक तथा वित्तीय संस्थाप्रतिको नकारात्मक धारणा हट्नुका साथै वास्तविक सूचना जनसमुदायमा पुग्ने र सकारात्मक प्रभाव पार्ने बैंकको विश्वास छ।
हालै बैंकले ‘मोबाइल एक, फाइदा अनेक’ नारासहित मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, र खातामै रेमिट्यान्स जम्मा गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यी सेवाहरू शाखामा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिन्छ।
यस कार्यक्रमले वित्तीय जागरूकता बढाउन र जनमानसलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
FACEBOOK COMMENTS