काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ८० जना अभिकर्तालाई सम्मान गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा मोरङको इटहरीस्थित होटेल सोल्टी वेस्टेण्डमा भएको विशेष समारोहमा नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेश प्रदेशका ८० जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । सम्मानितहरूलाई सीईओ खबीले नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादा प्रदान गरे ।
सम्मानपछि सीईओ खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई प्राथमिकतामा राखी समयसापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरबाट नेशनल रत्नमा उत्साहजनक रूपमा अभिकर्ताहरू छनोट हुन सफल भएको बताए । उनले नेशनल रत्नमा छनोट हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान कार्यक्रम गर्दै जाने जानकारी दिए ।
समारोहमा सहभागी अभिकर्ताहरूलाई कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले व्यावसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरू प्रभावकारी हुने विचार व्यक्त गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीसहित केन्द्रीय कार्यालयका प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुस्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार बाच्छाना राईलगायत विभिन्न शाखा कार्यालयहरूबाट शाखा प्रमुखहरूको समेत सहभागिता थियो ।
FACEBOOK COMMENTS