काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रदर्शनीस्थलमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोका लागि विभिन्न ब्रान्डका अटोमोबाइलका स्टलहरु निर्माण तथा सजाउने काम करिब करिब सकिएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ । एक्स्पो संयोजक गौरव शारदाका अनुसार, एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहनेछ ।
यो एक्स्पो नेपालमा हालसम्मकै ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी बन्ने आयोजकको दाबी छ ।