काठमाडौं । सरकारप्रति पार्टीको असन्तुष्टि बढिरहेको समाचारहरू सार्वजनिक भइरहेका बेला सत्तारूढ नेपाली कांग्रेसले कार्यसमितिको बैठक बोलाएको छ । वैशाख १७ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूको सहभागिता रहने बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
यसअघि आजै प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । आजै साँझ ६ बजे प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ ।
याे पनि पढ्नुहाेस्
सरकारप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
FACEBOOK COMMENTS