काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २५ दशमलव १६ विन्दुले बढेको छ ।
यससँगै सूचक २७०६ दशमलव ७३ अंकमा आएको छ । यस सेसनमा ३ करोड ३५ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १ सय १६ कम्पनीको ९१ हजार ३५ कित्ता सेयर कारोबार भएको छ ।
कुल ८१ कम्पनीको भाउ बढेको छ भने १४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ५७९ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS