काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५ दशमलव २९ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ७ सय ५५ दशमलव ६२ विन्दुमा पुगेको छ । आज ३ सय ३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव १९ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ६६ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव १२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ८९ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS