काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १५.४४ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २५३८.११ विन्दुमा बन्द भएको हो ।
मंगलबार नेप्से सूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा आइपुगेको थियो । आज लगानीकर्ताले कुल दुई अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँबराबरको सेयर कारोबार गरेका छन् । सूचकसँगै कारोबार पनि सुधारिएको छ । यसअघिको दिन दुई अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो ।
यस दिन ७२ लाख ५८ हजार कित्ताको सेयर ३९ हजार ५३१ पटक कारोबार भयो । कुल ३५४ कम्पनीको सेयर कारोबार हुँदा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको घटेको छ ।१० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा बढी कमाउने तीन कम्पनीमा अप्पर लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेका छन् ।
सबैभन्दा बढी गुमाउनेमा एनएमबी बोन्ड, आरबीबी म्युच्युअल फन्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेका छन् ।

यससँगै, बुधबार नेप्से उपसमूहका म्युचुअल फन्ड र निर्जीवन बिमा कम्पनीका सेयर मूल्य घट्दा बाँकी सबै उपसमूहको सेयर मूल्य बढेको छ ।