काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार पनि नेप्से कारोबारमा उच्च अङ्कको गिरावट आएको छ ।
आज ३३.७६ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको छ । आज कारोबारमा आएका २२६ ओटा धितोपत्रको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर २६ हजार ६९३ पटक खरीदविक्री हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँ ८१ पैसा बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन १ अर्ब १६ करोड १५ लाख १४ हजार १८६ रुपैयाँ ६६ पैसा बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से पसिूचक १८.२६ अङ्कले घटेर २ हजार ११२ दशमलव ४७ विन्दुमा रोकिएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चार वटै मुख्य सूचकहरू र सबै उपसूचकहरू ऋणात्मक बनेका छन् ।
बजार घट्दा पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भइ प्रतिकित्ता १ हजार ७५७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै बलेफी हाइड्रोपारको शेयर मूल्यमा ९ दशमलव ९८ प्रतिशतले बृद्धि भइ प्रतिकित्ता १६८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ ।
उपकार लघुवित्तको शेयर प्रतिकित्ता १५९ रुपैयाँ ७० पैसा र बलेफीको शेयर आज प्रतिकित्ता १५ रुपैयाँ ३० पैसाले बढेको हो ।
यो पनि पढ्नुहोस्–
नेप्से ३० अङ्क भन्दा बढीले घट्दा बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्किट लेभलमा कारोबार
FACEBOOK COMMENTS