काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।
आज ४६.४६ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ४५२ दशमलव ०६ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २२८ ओटा धितोपत्रको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर ४५ हजार ८९४ पटक खरीदविक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ ३९ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स १.७९ प्रतिशत, फ्लोट इन्डेक्स १.६९ प्रतिशत तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.५१ प्रतिशतले घटेको छ । त्यस्तै होटेल तथा पर्यटनबाहेक सबै उपसूचकहरू पनि राताम्य बनेका छन् । आज होटेल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS